जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

जाजरकोटमा  मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका- १० नुवागाउँमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

कार्कीगाउँबाट कुदु आउँदै गरेको प्रदेश ३-०१-०२३ च  ४७१९ न बोलेरो जीप बुधबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए।

दुर्घटनामा जीपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू दुवैलाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो। अस्पतालका चिकित्सकले उनीहरूको मृत्यु घोषणा गरेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

मृतक दुवै जाजरकोटको भेरी नगरपालिका- ७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा कार्यरत थिए। जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ।

घाइते २३ वर्षीय कमल चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेजमा लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation