
१ पुष, काठमाडौं
नेपाल पत्रकार महासंघ केन्द्रको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो ।
शर्माले ४ हजार २ सय ८२ र निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए ।
निर्वाचन गत मंसिर २८ मा भएको थियो । नवनिर्वाचित अध्यक्ष शर्मा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको समर्थनमा प्यानलबाट सर्वसम्मत उम्मेदवार भएकी हुन् ।
एफएनजे नचयन टोली निर्वाचित उम्मेदवारहरुको नामावली यहाँ संलग्न गरिएको छ ।