टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना, सचेत रहन आग्रह

४ पुस, काठमाण्डौ 

नेपाल टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको भन्दै कम्पनीले सचेत रहन आग्रह गरेको छ ।

टेलिकमले विज्ञप्ति निकालेर ‘नेपाल टेलिकमले क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पाँच हजार रूपैयाँ नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर फेसबुक ग्रुप र मेसेन्जरजस्ता सामाजिक सञ्जालमार्फत गरिएको प्रचार झुटो भएको जनाएको छ ।

टेलिकमले यस्ता सूचना गलत भएको भन्दै आधिकारिक जानकारीका लागि कम्पनीको ब्लु टिकसहितको फेसबुक पेज, एक्स (ट्विटर) र आधिकारिक वेबसाइट मात्र आधार  मानेर कम्पनीका सेवाबारेमा अद्यावधिक हुन अनुरोध गरेको छ ।

-हेर्नुहोस सूचना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation