नौबहिनी दोस्रो अध्यक्ष कप आजदेखि सुरु हुँदै

४ पुस, प्युठान

नौबहिनी गाउँपालिकाको वडा स्तरीय दोस्रो अध्यक्ष कप  आजदेखि सञ्चालन हुने भएको छ । नौबहिनी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा पुष ४ देखि ६ गते सम्म प्रतियोगिता संञ्चालन हुन लागेको हो ।

अध्यक्ष कप प्रतियोगिता अन्तरगत अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष जनक बुढा मगरले जानकारी दिए ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ६१ हजार १ सय ११ रुपैंया, द्धितिय पुरस्कार ४१ हजार १ सय ११ रुपैंया, तृतिय पुरस्कार २१ हजार १ सय ११ रुपैंया र सान्त्वना हुने टिमले ११ हजार १ सय ११ रुपैंया पुरस्कार सहित साथमा ट्रफि,मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ३१ हजार १ सय ११ रुपैंया, द्धितिय पुरस्कार २१ हजार १ सय ११ रुपैंया, तृतिय पुरस्कार ११ हजार १ सय ११ रुपैंया र सान्त्वना हुने टिमलाई ७ हजार १ सय ११ रुपैंया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिए । गाउँ गाउँमा लुकेर रहेका खेल प्रतिभाहरुको पहिचान गरी खेलाडिहरुको सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा स्तरीय अध्यक्ष कप प्रतियोगिता सञ्चालन गर्न लागेको उनले बताए ।

खेलकुद क्षेत्र र खेलाडीहरुको क्षमता विकासका लागि गाउँपालिकाले तालिमको ब्यवस्था सहित समय समय भलिबल, क्रिक्रेट, राष्ट्रपति रनिङ शिल्ड लगायतका बिभिन्न खेलकुद प्रतियोगिता संञ्चालन गदै आएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

साथै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने स्पाइकर, सेटर, डिफेन्डर, र उत्कृष्ट खेलाडि गरी ४ वटा विधामा महिला तथा पुरुष खेलाडिललाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्रले सम्मान गर्ने खेलकुद विकास समितिका अध्यक्ष जनक बुढा मगरले बताए ।

खेल नौबहिनी गाउँपालिका ६ बहाने खेलकुद मैदानमा संञ्चालन हुने छ । आजबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation