पुस १५ देखि हरेक साेमबार राप्तीको मसुरीयामा कृषि हाटबजार लाग्ने

५ पुस, भालुवाङ

दाङको राप्ती गाउँपालिकामा अब देखि प्रत्येक साता कृषि हाटबजार सञ्चालन हुने भएको छ।

राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित श्रीचौर मैदानमा आगामी पौष १५ गते देखि साताको एक दिन हरेक सोमबार हाटबजार लगाउने तयारी गरिएको राप्ती गाउँपालिकाको कृषि शाखाले जानकारी दिएको छ।

गाउँपालिकाको सहयोग तथा कृषि हाटबजार व्यवस्थापन समितिको समन्वयमा सञ्चालन हुने उक्त हाटबजारबारे बिहीबार गाउँपालिका, हाटबजार व्यवस्थापन समिति र अगुवा कृषकहरूबीच छलफल सम्पन्न भएको छ।

छलफलका क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय कृषि तथा पशुपक्षीजन्य उत्पादनलाई बजारीकरण गर्न हाटबजार सञ्चालन गर्न लागेको जानकारी दिए । उनले कृषकहरूलाई आफ्ना उत्पादन सहज रूपमा विक्री गर्ने अवसर उपलब्ध गराउनुका साथै उपभोक्ताहरूलाई पनि ताजा र स्वस्थ्य स्थानीय उत्पादन उपभोग गर्न हाटबजारले महत्वपूर्ण भूमिका खेल्ने बताए। अध्यक्ष विष्टले भने, “हाम्रो गाउँपालिकामा उत्पादित कृषि तथा पशुपक्षीजन्य सामग्रीको उचित मूल्य र बजार अभावका कारण किसानहरू समस्यामा परेका छन्। `हाटबजार सञ्चालनबाट कृषकहरूलाई उचित बजार उपलब्ध गराउनुका साथै उनीहरूको मेहनतको उचित मूल्य दिलाउने हाम्रो मुख्य उद्देश्य हो´- उनले भने ।

गाउँपालिकाले किसानको हितमा काम गर्दै आइरहेको छ र भविष्यमा पनि कृषिलाई व्यवसायिक बनाउने विभिन्न कार्यक्रम अघि बढाइनेछ।” हाटबजार सञ्चालनका लागि पालिकाले साे क्षेत्रमा आवश्यक केही संरचना समेत निर्माण गरिसकेको छ। साथै, हाटबजारलाई व्यवस्थित र दीर्घकालीन बनाउन पालिकाले थप याेजना बनाउने समेत अध्यक्ष विष्टले भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation