यस्तो रहनेछ आज दिनभरको मौसम

पश्चिमी वायुको आंशिक प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मूख्यतया सफा छ।

दिउँसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने अनुमान छ।

बिहानी समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation