एमाले रङ खुइलिएर बामाले भयो- भीम रावल

नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अहिले पार्टीको रङ खुइलिएर बामालेमा परिणत भएको टिप्पणी गरेका छन्।

पार्टीले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन्।

‘एमाले रंग खुइलिएर बामाले भएको छ अर्थात् बाको (केपी ओली) मात्र  नाम लेउ भन्नेमा परिणत भएको छ भन्दा मलाई दु:ख लागेको छ।’ उनले भने।

उनले अध्यक्ष केपी ओली गुटले एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीतिलाई नै धुमिल्याएको आरोप लगाए।

पत्रकार सम्मेलनका क्रममा रावलले अध्यक्ष केपी ओलीमाथि प्रश्नैप्रश्न तेर्स्याएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation