Pranmancha

Advertisment

SKIP THIS

नेकपा एससँग छिट्टै एकता हुन्छ : वामदेव

वामदेव गौतमले आफू र आफू नेतृत्त्वको एकता अभियान माधवकुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता हुने निश्चित भएको बताएका छन्।

बुधवार एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीसँग भएको छलफलपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय नलाग्ने उल्लेख गरे।

उनले भने, ‘समझदारी विकास गर्नेबारे छलफल भयो। अब धेरै समय कुर्न नपर्ला पार्टी प्रवेशका लागि।’

छलफलपछि संयोजक गौतमले एकीकृत समाजवादीका पदाधिकारीसँग भएको छलफल सकारात्मक रहेको बताए। उनले राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा समेत छलफल भएको बताए। उनले एकताबद्ध भइ अघि बढ्नेबारे सैद्धान्तिक सहमति जुटेको समेत बताए।

‘धेरै विषयमा छलफल भयो, राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा छलफल भयो। एकताबद्ध भएर अघि बढ्ने सन्दर्भमा छलफल भयो। छिटै एकतावद्ध भइ सँगसँगै अघि बढ्ने एकखालको सैद्धान्तिक समझदारी भएको छ‚’ एकीकृत समाजवादीका एक नेताले भने, ‘एकता अभियानमा रहेका वामदेव कमरेडसँगै धेरै योगदान गर्नुभएका नेताहरुको व्यवस्थापनका कुराहरु भएको छ। हामी यि विषय छिटै टुंग्याउँछौँ।’

उनले नेता भीम रावललाई पार्टीमा प्रवेश गराउनेबारेमा पनि छलफल भइरहेको बताए। भीम रावललाई पार्टीमा स्वागत गर्न आफूहरु तयार रहेको उनले बताए। उनले भीम रावलसँगको छलफल पनि सकारात्मक रुपमा अघि बढिरहेको दावी गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation