बाल गायक सचिन परियारको निधन !

१८ पुस, काठमाडौँ
बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहीवार बिहान निधन भएको हो।
स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङ अस्पतालमा भर्ना गरिएको थियो।उनको निधन भएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्रताप शाहीले जानकारी दिए। ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।
सचिनका बुबा तेजेन्द्र परियारका अनुसार बिहीबार बिहान १० बजे सचिनको निधन भएको हो। उनी पुस ६ गते अस्पताल भर्ना भएका थिए। उनी १३ वर्षका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation