दर्भान शिशुको शव प्रकरण: २ जना आरोपी पक्राउ, ५ दिन म्याद थप

सरुमारानी गाउँपालिका-२ दर्भानमा मृत अवस्थामा नवजात शिशु भेटिएको घटनामा संग्लग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छ्न ।

बिहिवार सरुमारानी गाउँपालिका-२ दरभानमा फोहोर फाल्ने डस्टबिनमा मृत शिसु भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा दुई जनालाई संग्लग्नताको आरोपमा पक्रेको हो ।

घटनामा संलग्न भएका परिवर्तित नाम दर्भान र जलुकेलाई प्यूठान जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

नवजात शिशुको लाश फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक केशव के.सी.को कमाण्डमा खटिएको विशेष प्रहरी टोलिले तालीम प्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation