Pranmancha

Advertisment

SKIP THIS

प्यूठान नगरपालिकाको लोगो बनाउनेलाई  पच्चिस हजार पुरस्कार

प्युठान,७ माघ :प्युठान  नगरपालिकाले आफ्नै पालिकाको प्रतिक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ ।

नगरपालिकाले पहिचान झल्कने चिन्ह (लोगो) प्रयोगमा ल्याउन लागेको भन्दै सर्वसाधारणलाई नमुना पठाउन समेत आइतबार सूचना जारी गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार लोगो बनाउन आह्वान गरिएको नगरपालिका प्रमुख विष्णु योगीले बताउनुभयो ।

लोगोमा नेपालको झण्डा तथा हिमाल अनिवार्य राख्नुपर्ने छ भने लोगोले नगरपालिकाको पहिचान भाव विशेषता तथा विशिष्टता झल्किनु पर्ने नगर प्रमुख योगीको भनाई छ ।

नगरपालिकाको बृहत् पहिचान झल्कने आर्थिक, सांस्कृतिक, सामाजिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय लगायतका क्षेत्रलाई समेटेर लोगो निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताउनुभयो ।लोगो निर्माण भएपछि हरेक कार्यक्रम, ब्यानर र सबैतिर लोगो प्रयोगमा आउने उहाँले बताउनुभयो ।

पालिकाको नमुना चिन्ह (लोगो) सूचना प्रकाशित भएको १५ दिन भित्र अर्थात माघ २१ गतेसम्म जोसुकैले पनि पठाउन सक्ने बताइएको छ । कार्यालयमा आएका लोगो मध्ये उत्कृष्ट लोगो छनौट हुने र उत्कृष्ट लोगो निर्माणकर्तालाई रु.२५ हजार नगद र कदर पत्र सहित सम्मान गरिने समेत भण्डारीले बताउनुभयो।

स्थानीय तहहरुले आफ्नै लोगो निर्माण गर्न पाउने व्यवस्था छ । सोही अनुसार प्युठान नगरपालिकाले आफ्नै लोगो निर्माण गर्न लागेको हो । जिल्लाका ९ स्थानीय तहमध्यमा अहिलेसम्म ४ स्थानीय तहहरुले आफ्नै लोगो निर्माण गरि प्रयोगमा ल्याईसकेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation