चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयले तीन दिन बिदा दिएका छन्। बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।
शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिएको उनले स्पष्ट पारे। चिसो बढेपछि अभिभावकले पनि बिदाका लागि विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएको उनको भनाइ छ।