सुमो दुर्घटनामा आमा छोरासहित तीनजनाको मृत्यु

१७ माघ, काठमाडौं 

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको छ।

ना १ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्सपेक्टर मनिष लुइँटेलले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ छन्। यस्तै, उनीहरुका आफन्त ४५ वर्षीया तारा गुरुङको पनि मृत्यु भएको छ। आज बिहान साढे ६ बजेतिर सुमो दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

यद्यपि, दुर्घटना राति नै भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनापछि चालक भने फरार छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation