Pranmancha

Advertisment

SKIP THIS

क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु

स्वीडेनको ओरेब्रोस्थित एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । सो घटनामा गोली चलाउने व्यक्ति पनि मृत फेला परेका छन् ।

स्वीडिस प्रहरीका अनुसार २० वर्षभन्दा बढी उमेरका विद्यार्थीहरुले पढ्ने ‘रिसबर्गस्का’ नामको क्याम्पसमा मंगलबार एक युवकले गोली चलाएका थिए । त्यसपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको स्वीडिस समाचार एजेन्सी टीटीले जनाएको छ ।

गोली लागेर थुप्रै व्यक्ति घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

शिक्षिका लिन वारेनमार्कका अनुसार मंगलबार दिउँसो गोली चल्दा क्याम्पस परिसरमा कम विद्यार्थीहरु थिए । किनभने परीक्षा पछि धेरै विद्यार्थीहरु घर फर्किसकेका थिए । उनले १० पटकसम्म गोली पड्केको सुनेको बताएकी छन् ।

घटनास्थलको भिडियोमा गोली चलेको खबर पाउनासाथ प्रहरीसहितको टोली विद्यालय परिसरमा पुगेका थिए । उनीहरुले क्याम्पस र नजिकका घरहरुबाट मानिसहरुलाई बाहिर निकालिएको थियो ।

प्रधानमन्त्री उल्फ क्रिस्टरसनले यो घटना स्वीडेनको इतिहासको खराबमध्ये एक भएको बताएका छन् । साथै उनले यसबारे अनुसन्धान जारी रहेको बताएका छन् ।

बीबीसीका अनुसार घटनास्थल राजधानी स्टकहोमबाट करिब १२४ किलोमिटर पश्चिममा पर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation