युवतीसँगै होटलमा बसेका युवाको मृत्यु, २ जना पक्राउ

झापाको एक होटलमा एक युवा मृत फेला परेका छन्।

युवती लिएर बिर्तामोडको एभरेष्ट होटलमा बसेका हल्दीबारीका सागर बेस्राको मृत्यु भएको छ। बेस्राको मृत्यु भएपछि प्रहरीले मृतकको ती युवती र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

बिर्तामोड–४ को एभरेस्ट होटल एण्ड लजमा हल्दीवारी–१ गोलधापका ३० बर्षीय बेस्रा र उनको केटी साथी सुनसरीको धरान–१५ घर भइ हाल झापा बसोबास गर्दै आएकी एक युवती सो होटलमा बसेका थिए।

राती खाना खाएर सुतेको समयमा बेस्रा कोठा भित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडी बेहोस भएको प्रहरीले जनाएको छ।

बेस्रालाई तत्काल ती युवती र होटल सञ्चालकले उपचारका लागि अस्पताल पुर्याएका थिए। चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो।

बेस्राको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीले होटल सञ्चालक यामकुमारी उप्रेती र  ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation