क्यान्सरपीडि डुकराजलाई आर्थिक सहयोग गर्न परिवारकाे अपिल

३० माघ, प्युठान

प्युठानकाे गौमुखी गाउँपालिका- ४ पुजा लैसाराका १७ वर्षीय डुकराज आचार्य विगत ५ महिनादेखि प्राणघातक बोन क्यान्सरसँग भक्तपुर क्यान्सर अस्पतालमा रोगसँग लडिरहेका छन् । गत शैक्षिक सत्रमा SEE उत्तीर्ण गरेका आचार्यले विज्ञान विषय पढ्ने सपना देखिरहेको समयमा एक्कासि क्यान्सरसँग जुध्नुपरेको छ ।

काठमाडौमा बसेर साे जटिल राेगकाे उपचार गर्नुपर्ने र उपचार प्रक्रिया लामो र अत्याधिक खर्चिलो भएकोले उनकाे घरपरिवारले आर्थिक सहयोग गर्न अनुराेध गरेकाे छ ।

घरको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा समस्या आइरहेकोले मानवीय नाताको हिसाबले आर्थिक सहयोगको हात अगाडि परिवारले सबैसामु अपिल गरेकाे उनलाई नजिकैबाट उपचारमा रेखदेख गर्न खटिएका भरत आचार्यले बताएका छन् ।
सहयोगकाे लागि उनका सहाेदर दाजु दीपक आचार्यकाे
नाममा रहेकाे नबिल बैंककाे
खाता नम्बर: १६४१००१७५०१०३२ वा
माेबाइल नम्बर ९८६९७४१५५२, ९८४०६७६१८८ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation