दंगिशरण गाउँपालीकाद्वारा खरिद जेसीबी डेढ बर्षेमै लिलाम

२०७९ भदौ ३ शुक्रबार

दाङको दंगीशरण गाउँपालिकाले खरिद गरेको जेसीबी डेढ वर्षमै बिग्रिएको छ। अहिले उक्त जेसीबी इलाका प्रहरी कार्यालय हेकुलीमा थन्काएर राखिएको हो।

आर्थिक वर्ष २०७५/०७६ मा ३३ लाखमा खरिद गरिएको उक्त जेसीवीले आम्दानी भने केही गर्न सकेन्। ‘खरिद गरेदेखि डेढ वर्षमै बिग्रियो, अहिले थन्काएर राख्नु पर्ने अवस्था छ’,गाउँपालिकाका स्टोर शाखा प्रमुख मस्तविर चौधरीले भने,‘यो जेसीवीबाट एक रुपैयाँ पनि आम्दानी लिन सकिएन।’

बिग्रिएपछि मर्मत गर्न लगिएको भएपनि मर्मत खर्च धेरै लाग्ने भएपछि त्यसलाई त्यतिकै थन्काएर राखिएको छ। मर्मत खर्च पाँच लाख लाग्ने भएपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्काउनै फाइदा भएको भन्दै कार्यपालिका बैठकले निर्णय गरेरै थन्काइएको चौधरीले बताए।

‘पटक–पटक बिग्रिरहने भयो, पछिल्लो पटक मर्मत गर्दा पाँच लाख लाग्ने भनेपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्काएकै फाइदा हुने भयो’, उनले भने,‘त्यसपछि कार्यपालिकाले थन्काउने नै निर्णय गरेको हो।’

लु १ ख ३३३५ नम्बरको उक्त जेसीबी खरिदका लागि बुद्ध इलेक्ट्रो पावर प्रालिले टेन्डर पारेर खरिद गरेको थियो। ‘त्यो जेसीवीबाट फुर्केसल्लीसम्मको सडकको ट्रयाक खोलिएको थियो,’ स्टोर शाखा प्रमुख चौधरीले भने,‘अन्य वडाहरुका सडक निर्माण भए। काम धेरै भएपनि आम्दानी भने न्यून भएको स्टोर शाखा प्रमुख चौधरीले बताए।’

चौधरीका अनुसार पहिलो वर्ष कर्मचारीहरुले नै आम्दानीको लेखाजोखा राख्ने गरेका थिए। तर, त्यसमा सन्तुष्ट नभएपछि कार्यपालिकाले निर्णय गरेर जनप्रतिनिधिलाई नै जिम्मा सुम्पिएको छ। अहिले बिग्रिएर थन्काएपछि त्यसलाई के गर्ने भन्ने कुराको कार्यपालिकाले निर्णय गर्ने गाउँपालिका अध्यक्ष सम्भु गिरीले बताए।

‘लिलाम गर्ने हो कि भन्ने कुरा छलफल चलेको छ’, उनले भने,‘के गर्ने भन्ने कुरा कार्यपालिकामा छलफल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation