मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार मकवानपुरको मनहरी गाउँपालिका–६ मनहरीमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र. ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ च ३०१२ को म्याजिक भ्यान आपसमा ठक्कर खाई दुर्घटना हुँदा म्याजिक गाडी चालकको मृत्यु भएको हो।
दुर्घटनामा मकवानपुर राक्सिराङ गाउँपालिका– ४ का चालक सन्देश कोइरालाको चितवन नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।