प्युठानमा आगलागीबाट घर जलेर नष्ट !

प्युठानको नौबहिनी गाउँपालिका-५, साराबाङ स्थित आज दिउँसो आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय लक्ष्मण खड्काको घरमा आज दिउँसो करिब १:४५ बजेको समयमा आगलागी भएको हो ।

उक्त आगलागीबाट घरभित्र भएको १४ हजार नगद, ३ तोला बराबरको गरगहना (बुलाकी, बेरुवा), खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । साथै घरमा भएका अन्य अत्यावश्यक कागजात समेत जलेर नष्ट भएको छ । आगलागीबाट ६  लाख बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ ।

घरमा अचानक आगलागी भएको र सँगै रहेको अर्को घर भने तत्काल स्थानीय बासी जुटेर बचाउन सफल भएको स्थानीयले बताएका छन् । घरमा लागेको आगो महाप्रभु इन्जिनियरिङ विल्डर्स प्रा.लि. को दमकल (वारुणयन्त्र) सहित स्थानीयवासी, नेपाल प्रहरीको उपस्थितिमा नियन्त्रणमा लिइएको स्थानीय बताउछन् ।
यता स्थानीय बासीले भने घर नजिक पानी नभएकोले समयमै आगो नियन्त्रण गर्न नसकिएकोले घरमा भएका सामानहरू समेत जोगाउन नसकिएको बताएका छन् । आगलागीको कारण भने खुली नसकेको तर विद्धुत सर्ट भएर आगलागी भएको हुन सक्ने आसंका गरिएको छ। प्रहरिका अनुसार आगो नियन्त्रणमा आइसकेकाले क्षतिको विवरण सङ्कलन गरि मुचुल्का उठाउने तयारी गरिएको छ।
घटना पछि नौबहिनी गाउँपालिका, प्युठानले तत्काल अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation