टिपरले किचेर एक चिनिया नागरिकको मृत्यु

मनाङमा टिपर ब्याक गर्नेक्रममा एक चाइनिज कामदारको मृत्यु भएको छ।

मनाङको चामे गाउँपालिका–३ क्युपारमा निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाका कामदार यु युन योङ्गको मृत्यु भएको हो।

मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको कम्पाउन्डभित्र काम गरिरहेको अवस्थामा १० नम्बरवाला चाइनिज टिपर ब्याक गर्ने क्रममा ५३ वर्षीय योङ्ग घाइते भएका थिए। उनको उपचारका क्रममा हिजो साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

टिपर चालक ४३ वर्षीय दशरथ खडायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation