पहिरोमा पुरियो कार, सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ। बिहान ४ बजेतिर खसेको पहिरोले एक कारसमेत पुरिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ।

कार माथिल्लो भागबाट खसेको पहिरोमा पुरिएको हो। बुटवलबाट पाल्पा भैरवस्थान आउँदै गरेको कारका चालक र यात्रु भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर एक टिपरसमेत फसेको छ। दोभान प्रहरी चौकीका अनुसार कल्भर्टमा फसेको टिपर हटाउने र सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको छ।

यस क्षेत्रमा परेको वर्षाले बिहान ४ बजेदेखि नै सडक अवरुद्ध भएको स्याङ्जा गल्याङका चालक पीताम्बर भट्टराईले बताए। सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणका साथै अहिलेको राजमार्गमा समेत कल्भर्ट, नाली लगायत रक नेटको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation