दाङको लमही–भालुवाङ सडकखण्डमा साँझपख बस दुर्घटना भएको छ । साे सडक खण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको हाे । दुर्घटनामा मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव रहेका छन् भने अर्का एक जना मृतकको सनाखत हुन बाँकी छ ।
बस दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम छ भने ७ जनाको अवस्था सामान्य छ ।