बिमा रकम हिनामिना गरेको आरोपमा एक पक्राउ !

३० वैशख, रोल्पा

रोल्पामा जीवन बिमाको रकम हिनामिना गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बिमितबाट पैसा लिने तर बिमा कम्पनीको सफ्टवेयर विमाङ्क रकम अध्यावधिक नगरेको आरोपमा सल्यानको शारदा नगरपालिका- ४ का गणेश पहाडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पहाडीले रोल्पाको होलेरी स्थित हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उपशाखा कार्यालयको अपरेसन सपोर्ट पदमा कार्यरत हुँदा विमितबाट बिमा रकम बुझ्ने, तर कम्पनीको सफ्टवेयरमा अध्यावधिक नगरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईले बताए ।

आफूखुसी ५६ जना बिमितको १८ लाख ६७ हजार ७ सय २१ रुपियाँ हिनामिना गरेको प्रहरीको आरोप छ । पहाडीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

पक्राउ परेका उनी दाङको घोराही स्थित हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी उपप्रादेशिक कार्यालयमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation