बस दुर्घटनामा २२ जना घाइते,२ को अवस्था गम्भीर

 

  • पोखरा महानगरपालिका–२२ मा भएको बस दुर्घटनामा २८ जना भारतीय नागरिक घाइते भएका छन्।
  • दुर्घटनामा संलग्न बसमा ३० जना सवार थिए, जसमा चालक र सहचालक बाहेक सबै भारतीय थिए।
  • घाइतेहरूमा विभिन्न उमेर समूहका भारतीय नागरिकहरू रहेका छन् र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

३१ वैशाख, काठमाडौं

बुधबार दिउँसो पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै माइक्रो बस दुर्घटना भएको छ ।

दुर्घटनामा घाइते भएका २८ जना भारतीय नागरिक रहेको खुलेको छ ।

प्रहरीका अनुसार उक्त बसमा ३० जना सवार थिए । जसमध्ये चालक र सहचालक बाहेक सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको र अरूको अवस्था सामान्य रहेको मेडिकल कलेजमै पुगेका कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

भारत छत्तिसगढबाट ४९ जना मंगलबार राति पोखरा भ्रमणका लागि आइपुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation