बस र ईभी गाडी ठोकिँदा ७ को मृत्यु, २४ जना घाइते

७ असार, चितवन

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।

चितवनका प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घना भएकाे हाे।

दुर्घनामा परी ज्यान गुमाउनेमा मकवानपुर हटिया ३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ का ५३ वर्षिया मैंयाकुमारी न्यौपाने छन्। यस्तै अन्य मृतकहरूकाे विवरण खुलेकाे छैन।

२४ जना घाइते भएका र उनीहरूलाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएकाे छ।

दुबै सवारी साधन घटना स्थलमा नै भएको कारण बाटो दुबै तर्फ अवरुद्ध छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation