विस्फोट हुँदा एकजना घाइते

जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ। विस्फोटका कारण भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा घाइते भएका छन्। बैठाको दाहिने हातमा चोट लागेको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार बेलुकी सवा ९ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार आगो राति नै नियन्त्रण आइसकेको छ ।

विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन। प्रहरी प्रवक्ता पण्डितले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation