उत्कृष्ट नतिजा ल्याउने दुई सामुदायिक विद्यालयलाई नगरपालिकाद्वारा नगद पुरस्कारसहित सम्मान

२४ असार, प्युठान

प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१/८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।

नगर शिक्षा समितिको बैठकले एसईईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडालाई ३ लाख रुपियाँ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको बालज्योति माध्यमिक विद्यालय, गेजवाङलाई २ लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको हो।

नगरप्रवक्ता तथा वडा नं ३ का अध्यक्ष सुमनराज श्रेष्ठका अनुसार, सामुदायिक विद्यालयहरूलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षातर्फ उन्मुख गराउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। ७४ वर्षअघि स्थापना भएको शारदा माविमा गत वर्षदेखि मात्रै कक्षा १० सम्म पढाइ सुरु गरिएको थियो। पहिलोपटक एसईईमा सहभागी भएका २३ मध्ये २१ जना उत्तीर्ण गराउँदै विद्यालयले ९१दशमलव ३० प्रतिशत सफलता हासिल गरेको हो। उक्त उपलब्धिले विद्यालयलाई नगरभित्र पहिलो र जिल्लाभर दोस्रो स्थानमा उभ्याएको छ।

नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation