कालीगण्डकी करिडोरसहित २ सडक अवरुद्ध !

२५ असार, गुल्मी

लगातारको वर्षाका कारण गुल्मी जिल्लाका दुई फरक स्थानमा पहिरो र बाढीका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

सत्यवती गाउँपालिका वडानम्बर–६ स्थित डहरे खोलामा पानीको बहाव अत्यधिक बढेपछि रिडी–वामीटक्सार सडकखण्ड आज बिहान ७  बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।

बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन स्थानीयलाई अनुरोध गरिएको छ ।

त्यस्तै, कालीगण्डकी गाउँपालिका वडानम्बर–१, गरगरे भन्ने स्थानमा कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा आज बिहान ७ बजे माथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अबरुद्ध भएको छ ।

सो क्षेत्रमा समेत यातायात पूर्ण रूपमा ठप्प भएको छ भने यात्रुहरु अलपत्र परेका छन् । पहिरो पन्छाउने प्रयास तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आवश्यक समन्वय गरी यथाशिघ्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

यता जिल्ला प्रशासन कार्यालयले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation