छोराद्वारा बाबुको हत्या !

२७ असार, अर्घाखाँची

अर्घाखाँचीमा सामान्य घर झगडामा मदिराले मात्तिएका छोराले बुवाको हत्या गरेर नजिकैको मलखातामा पुरेको भेटिएको छ ।

सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्क गाउँका ७२ वर्षीय जंगबहादुर नेपालीलाई ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर हत्या गरेर नजिकैको मलखातामा पुरेका हुन् ।

झुपे जंगबहादुरका झड्केलो छोरा रहेको स्थानीयले प्रहरीलाई बताएका छन् ।

प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बुधवार दिउँसो घरमै हत्या गरेको र मदिराले मात्तिएर रिसको झोकमा कुटपिट गरेर बुबाको हत्या गरेपछि शवलाई मलभित्र पुरेको जनाए ।

मदिराले मात्तिएका झुपे दुई महिनाअघि पनि अभद्र व्यवहारमा प्रहरीको पक्राउमा परेका थिए ।

अहिले कुटपिट गर्ने झुपे नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मल्लको भनाई छ ।

छिमेकीसमेत रहेकी वडा सदस्य मिना श्रेष्ठका अनुसार जंगबहादुरले कान्छी श्रीमती बिहे गरेर ल्याउने बेलामै झुपे जन्मिसकेको र बासखर्कमा आएर हुर्केका हुन् ।

उनले दिनभरजसो मदिरा खाएर हल्ला गर्ने गर्दथे । बुधवार भने आमा नभएको समयमा बाबुलाई हत्या गरेर नजिकैको मलखातामा गाडेको अवस्थामा भेटिएको श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation