लुंग्री खोलाले बगाएर ल्याएको अज्ञात पुरुषको शव ओगिल्जामा फेला

५ साउन, रोल्पा

रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका अन्तर्गत ओगिल्जा भन्ने स्थानमा आज दिउँसो लुंग्री खोलाले बगाएर ल्याएको अन्दाजी ४० वर्ष जतिको अज्ञात पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार शव पूर्ण रूपमा सडेगलेको अवस्थामा फेला परेको छ र शवको पहिचान खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय खुंग्रीका प्रहरी वरिष्ठ हवल्दार खड्क गिरीका अनुसार शव खोलाको किनारमा उत्तानो अवस्थामा रहेको र शारीरिक अवस्थाबाट उमेर र नाम ठेगाना प्रष्ट हुन नसकेको जानकारी दिए। घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक प्रारम्भिक अनुसन्धान अगाडि बढाइसकेको छ ।

हाल शवलाई पोस्टमार्टम तथा पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको गिरीले बताए । घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation