जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु !

६ साउन, चितवन

जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका-१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा सोमबार राति नै मृत्यु भएको हो ।

ठक्कर दिने बोलेरो जिपका चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation