दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला

८ साउन, काठमाडौं 

भक्तपुरमा दिदीबहिनी मृत फेला परेका छन्।

एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

सुर्खेत पञ्चपुरी न.पा ८ घर भई हाल मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएका किशोरीहरू १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ।

कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्थे। उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation