बाजुरामा जीप दुर्घटना, २ जनाको मृत्यु, १५ घाइते

८ साउन, काठमाडौं 

बाजुरामा जीप दुर्घटना हुँदै दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

हिमानी गाउँपालिका–५ को क्युडीदेखि कुवाडी जाँदै गरेको बा.प्र. ०३–००१ ज ०३३८ नम्बरको जीप क्युडीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।

मृत्यु हुनेमा सन्नीगडा भन्ने स्थानका समान ७५ वर्षीय बजा रोकाया र बिजोरा रोकाया छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

जीप घटनास्थलबाट २५० मिटर तल खसेको छ। दुर्घटनाग्रस्त जिपमा २६ जना सवार रहेको र १५ जना घाइते भएको जानकारी आएको तर, घटनाको थप यकिन विवरण आइनसकेको चौधरीको भनाइ छ।  प्रहरीको टोली भर्खर मात्र घटनास्थलतर्फ गएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation