रुसमा ४९ जना यात्रुसहित बेपत्ता विमानको भग्नावशेष भेटियो

८ साउन, काठमाडौं 

रुसी उद्धार सेवाहरूले सुदूर पूर्वी अमुर क्षेत्रमा आफ्नो गन्तव्यबाट करिब १६ किलोमिटर टाढा हराएको विमानको भग्नावशेष फेला पारेका छन्।

आपतकालीन अधिकारीहरूले बताएअनुसार अंगारा एयरलाइन्सको एएन-२४ विमान चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कबाट उडेको थियो र टिन्डा विमानस्थल नजिकै पुग्दा राडारबाट गायब भएको थियो। विमानमा ४३ यात्रु र छ जना चालक दलका सदस्यहरू थिए ।

अमुर क्षेत्रीय गभर्नर भासिली ओर्लोभले विमानको खोजीका लागि आवश्यक सबै स्रोतसाधन परिचालन गरिएको बताए।

उनले विमानमा पाँच बालबालिकासहित ४३ यात्रु र छ जना चालक दलका सदस्य रहेको बताए।

रुसको आपतकालीन मन्त्रालयले भनेको छ कि एउटा रुसी हेलिकप्टरले विमानको जलिरहेको भाग देखेको छ। रिपोर्टका अनुसार, कोही पनि बाँच्ने सम्भावना छैन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation