प्युठान नगरपालिकाले निर्माण गर्‍याे एचआईभी संक्रमितलाई विषेश कार्यविधि

९ साउन, प्युठान

प्युठान नगरपालिकाले एचआईभी संक्रमित र प्रभावित व्यक्तिहरूको जीवन सहज बनाउन देशमै पहिलोपटक विशेष कार्यविधि लागू गरेको छ।

‘एचआईभी संक्रमितलाई समानता, मानव अधिकार संरक्षण र जीविकोपार्जन सहयोगसम्बन्धी कार्यविधि, २०८२’ नाम दिइएको कार्यविधि नगर कार्यपालिकाको असार ३० गतेको बैठकबाट सर्वसम्मत पारित भई नगरप्रमुख विष्णु बहादुर योगीको प्रमाणीकरणपछि कार्यान्वयनमा आएको हो।

कार्यविधिमा संक्रमित तथा प्रभावित व्यक्तिहरूको गरिमा, आत्मसम्मान, स्वास्थ्य सेवा, पोषण, स्वरोजगार, सीप विकास, छात्रवृत्ति, उपचार खर्च सहायता, गोपनीयता र सहभागितामूलक सेवा प्रवाहको व्यवस्था गरिएको छ। साथै, स्थानीय तहबाटै जनचेतना अभिवृद्धि र समावेशी कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

कार्यबिधी निर्माण गर्नका निम्ति प्युठान नगरपालिकालाई Pyuthan Plus परिवारले प्राबिधिक रुपमा सहजीकरण गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation