
३ साउन, रोल्पा
श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङमा एस.ई.ई. तथा वार्षिक परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू र गुणस्तरीय शिक्षण कार्यमा समर्पित शिक्षकहरूलाई एक भव्य समारोहबीच सम्मान गरिएको छ ।
कार्यक्रमको मुख्य आकर्षण जिल्ला स्तरीय एस.ई.ई. परीक्षामा ३.७८ जीपीए ल्याई टप ६ मा स्थान बनाएका विद्यार्थी गोविन्द विष्टको सम्मान थियो । उनलाई नगद पुरस्कार, प्रमाणपत्र र माला पहिराएर विद्यालय परिवारद्वारा विशेष सम्मान गरियो । गोविन्दले मन्तव्य दिंदै आफूले पाएको सफलताको श्रेय विद्यालय, शिक्षक र अभिभावकको निरन्तर समर्थनलाई दिएका थिए । “विद्यालय मेरो दोस्रो घर हो, जहाँ मैले सपना देख्न सिकें र ती सपना पछ्याउने बाटो चिन्न सकें,” उनले भने ।
उत्कृष्ट शिक्षकका रूपमा पुण्यप्रसाद चौधरी, घनश्याम आचार्य र मिनाक्षी कुवँरलाई सम्मान प्रदान गरियो भने शैक्षिक कार्य सम्पादनमा उत्कृष्ट योगदान गर्ने शिक्षकहरू विद्युतजंग सिंह ठकुरी, जानकी बुढाथोकी, ओमप्रकाश बिष्ट, सीता शर्मा, शशिराम बिष्ट, जितबहादुर ओली, दुर्गाप्रसाद रोका, राजकुमारी घर्ती र सविता गौतमलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरकुमार विष्ट, प्रमुख अतिथि वडा नं. ३ का वडाध्यक्ष श्री दुर्गा विष्ट, विशिष्ट अतिथिहरू शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री यादव के.सी., शिक्षक अभिभावक संघका अध्यक्ष श्री मेख व. विष्ट, अन्य अतिथीहरू समाजसेवी श्री अमर व. थापा, श्री जितबहादुर महरा, श्री दिउविर विष्ट, श्री वम बहादुर पुन, श्री बिरबहादुर रोका, पूर्व शिक्षक तथा विव्यस अध्यक्ष श्री तिल बहादुर वली र वडा शिक्षा समितिका संयोजक धिरज घर्तीमगरले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशरकुमार विष्टले सबै अतिथि, शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
विद्यालयका निमित्त प्रअ ओम प्रकाश विष्टले सञ्चालन गरे कार्यक्रममा स्वागत मन्तव्य प्रकाश घर्तीले राख्नुभएको थियो भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशरकुमार विष्टको सभापतित्वमा सम्पन्न भयो ।