
१० साउन, दाङ
“हाम्रो आवाज : हाम्रो सन्देश” भन्ने नारासहित घोराहीमा सामाजिक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आव्हान दाङका संयोजक राजेन्द्र खरेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा विभिन्न सामाजिक विषयमा विभिन्न विद्यालय तथा बाल क्लवका सदस्यहरुले वक्ताहरूले धारणा प्रस्तुत गरेका थिए । अदिति केसीले लैङ्गिक भेदभाव र हाम्रो दायित्व, अनामिका घर्ती मगरले हाम्रो शिक्षा प्रणाली, मेघावी बुढाथोकीले लागूपदार्थ दुर्व्यसन र त्यसको प्रभाव, सौम्या आचार्यले सामाजिक सञ्जालको प्रयोग र असर, ऋतु महराले दाइजो प्रथा र सामाजिक प्रभाव र प्रविण रिजालले अन्धविश्वास र सामाजिक प्रभाव विषयमा विचार व्यक्त गरेका थिए । साथै अन्तरक्रियात्मक कार्यक्रममा डा. लोकराज पराजुली, सुर्य विसी, विमला दाहाललगाएतले भनाई राखेका थिए । कार्यक्रम संयोजक प्रमोद धितालले विषय प्रवेश गराउदै स्वागत मन्तव्य राख्दै कार्यक्रमको सञ्चालन भएको थियो भने सञ्चालन तथा सहजीकरण नवीन श्रेष्ठले गरेका थिए ।
सर्वोदय पुस्तकालयको हलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न विद्यालय तथा बाल क्लवका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमले बालबालिकाको सामाजिक सचेतना अभिवृद्धिमा योगदान पुर्याउने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ ॥