भतिजको कुटपिटबाट काकाको मृत्यु

आफ्नै भतिजको कुटपिटबाट साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ। ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो ।

शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आइतबार बिहान मृत्यु भएको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीले बताए ।

कुटपिटबाट घाइते भएका राईलाई उपचारका लागि जिल्लाल अस्पताल दिक्तेलमा ल्याइएको थियो । उपचारकै क्रममा बिहान पौने चार बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुशान्त मिश्रले बताए ।

कुटपिट गर्ने न्युसनलाई घटनास्थलबाटै पक्राउ गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation