पूर्व सभामुख भन्छन्: प्रतिनिधिसभा विघटन नगरेको भए हुन्थ्यो

विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीवार संघीय संसद् भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। प्रतिनिधिसभा विघटन नगरी त्यसैबाट समाधान खोजेको भए राम्रो हुने उनको धारण थियो।

त्यस्तो हुन नसकेको उनको भनाइ छ। उनले जेनजी पुस्ताको आन्दोलनको उद्देश्यको राम्रोसँग अध्ययन गरेर मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। आन्दोलनका क्रमममा मुलुकले व्यहोरेको क्षति दुःखदायी भएको भन्दै उनले सबैले आपसमा मिलेर मुलुकलाई ठिक ढंगले अगाडि बढ्नुपर्ने बताए।

घिमिरेले भने, ‘यो आन्दोलन के हो ? गर्न खोजेको के हो ? मुलुकमा व्याप्त समस्यालाई अलिक राम्रो ढंगले समाधान गर्न बाटो खोज्न सकिन्थ्यो होला। त्यो हुन सकेन। प्रतिनिधिसभा विघटन नगरी यसैबाट समाधान खोजेको भए राम्रो हुन्थ्यो।’

सभामुख घिमिरेले अन्तरिम सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation