पार्टी नेतृत्व छोड्न प्रचण्ड तयार !

८ असोज, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व परिवर्तन हुने जानकारी दिएका छन्।

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उनले पार्टीको आगामी महाधिवेशनसँगै आफूले नेतृत्व छोड्ने जानकारी दिएका हुन्।

नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको स्विकार्दै उनको यस्तो भनाइ आएको हो। आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा टुंगिने उनको दाबी छ। गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरूले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो।

प्रधानमन्त्री भइसकेको र पार्टीका नेतृत्वमा बारम्बार रहेको नेताहरूले नेतृत्व छोड्नुपर्ने दबाब बढ्दै गएको छ। माओवादीसहितका राजनीतिक दलका नेताहरूमाथि नेतृत्व छोड्नुपर्ने दबाब पार्टीभित्रैबाट आइरहेको छ।

प्रचण्डले भने, ‘नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ।’

केन्द्रीय कमिटीको एजेण्डा तय गर्न बुधवार माओवादीको स्थायी कमिटी बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation