१९ असोज, काठमाडौं
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
कविलवस्तुस्थित केन्द्रीय कार्यालय, शिवगढीमा यही असोज २६,२७ र २८ गते बस्नेगरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको पोलिटब्यूरो सदस्य असल सीले जानकारी दिए ।
उनका अनुसार, बैठकमा पछिल्लो समसामयिक राजनीति, कम्युनिष्ट पार्टीहरूको एकता र ध्रुवीकरण लगायतका विषयमा छलफल हुनेछ ।
‘पछिल्लो समसामयिक राजनीतिबारे हामीले धारणा प्रष्ट रुपमा बाहिर ल्याउन बाँकी छ । त्यसैका लागि केन्द्रीय कमिटी बैठक बोलाएका हौं,’ उनले भने ।
त्यसअघि २३ गते स्थायी कमिटी बैठक पनि बस्ने उनले बताए ।
नेकपासँग एकता गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको माओवादी केन्द्रसँगको एकताबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुने सो दलका एक नेताले बताए ।