मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

८ कार्तिक, स्याङ्जा

पुतलीबजार नगरपालिका- १४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। लामागे लम्सालडाँडाका ४५ वर्षीय माधव लम्सालको मृत्यु भएको हो।

पुतलीखेत-सतौँ जोड्ने भित्री पक्की सडकखण्डमा लु ५९प ३७९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई झण्डै १०० मिटर तल खस्दा लम्साल गम्भीर घाइते भएका थिए।

उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक लम्साल हाल राष्ट्रिय कृषि परियोजना एकाइ कार्यालय पोखराको कार्यालय प्रमुख थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation