न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपाली झण्डा

९ कात्तिक< काठमाडौं

नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो ।

अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

यस पार्कमा सन् १९९६ देखि विभिन्न देशका झण्डाहरू फहराउने गरिएको छ । नेपालको झण्डा पहिलोपटक सन् २०२३ मा फहराइएको थियो । त्यसयता हरेक वर्ष नेपालको झण्डा पनि राख्ने गरिएको छ ।

नेपलको राष्ट्रिय झण्डा राख्ने कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कमा रहेका नेपाली समुदायका प्रतिनिधि र न्यूयोर्क मेयर कार्यालयका प्रतिनिधिहरू सहभागी थिए ।

कार्यक्रमलाई नेपाली महावाणिज्यदूत दधिराम भण्डारी, सन् २०२३ मा पहिलोपटक नेपाली झण्डा राख्ने कार्यक्रमकी युवा संयोजक श्रीया तुलाधर, बलिङ ग्रिन एसोसिएसनका अध्यक्ष आर्थर पिकालो, मेयर कार्यालयको प्रतिनिधित्व गरेका दक्षिण एसियाली सम्पर्क अधिकारी सुक्रानी धनपत लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation