केराबारीमा कार दुर्घटना, चालकको मृत्यु

३० चैत, काठमाडौं

काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट ५०० मिटर तल खसेको हो ।

कारका चालक काठमाडौं महानगरपालिका-७ का ३४ वर्षीय सुरज खड्काको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation