युएईविरूद्ध दीपेन्द्रसिंह ऐरीको शतक

 

१८ वैशाख, काठमाडौं

विश्वकप लिग–२ क्रिकेटमा युएईविरूद्ध नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन्।  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उनले ९४ बलमा शतक प्रहार गरेका हुन्।

गत शनिबार नेपालले युएईलाई ३७ रनले पराजित गरेको थियो भने ओमानसँग १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

युएईले भने ओमानलाई २५ रनले पाखा लगाउँदै महत्वपूर्ण २ अंक बटुलेको छ। आठ राष्ट्र सहभागी लिग २ मा नेपाल २२ खेलमा १४ अंकसहित सातौं स्थानमा छ। यूएईको २२ खेलबाट १२ अंकमात्र छ।

अमेरिका २४ खेलमा ३६, स्कटल्यान्ड २८ खेलमा ३४, ओमान २५ खेलमा २९, नेदरल्यान्ड्स २४ खेलमा २८, नामिबिया २८ खेलमा २२ र क्यानडा २४ खेलमा २१ अंक जोड्दै शीर्ष ६ स्थानमा छन्।

अघिल्लो चरणको लिग २ मा ४० अंकका साथ तेस्रो स्थानमा रहेर नेपाल विश्वकप ग्लोबल छनोटका लागि छानिएको थियो तर नेपाल अहिले त्यो भन्दा धेरै टाढा रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation