दधिराम भण्डारीमाथि सांघातिक आक्रमण, प्यूठानका व्यवसायी आक्रोशित

२१ वैशाख, प्युठान

निर्माण तथा हाेटल व्यवसायी दधिराम भण्डारीमाथि भएको आक्रमण विरुद्ध प्यूठान उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघद्वारा कडा विरोध गर्दै दोषीमाथि तत्काल कारबाही र व्यवसायी सुरक्षाको माग गरेका छन् ।

भण्डारीमाथि निर्माण कार्य चलिरहेकै ठाउँमा भएको आक्रमणप्रति जिल्लास्थित प्रमुख व्यवसायी संघसंस्थाहरूले कडा आपत्ति जनाएका हुन् ।
वैशाख २० गते सरुमारानी गाउँपालिका–६ बुढिचाैरमा निर्माण कार्यको सिलसिलामा खटिएका भण्डारीमाथि कार्यक्षेत्रमै आक्रमण भएको हो । उनकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएको छ । यसरी आक्रमण गर्नेहरु साेही ठाउँका २५ वर्षीय यमराज पुन, २१ वर्षीय सुमन पुन र २९ वर्षीय कुमार रानालाई आइतबार साँझ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको जिप्रका प्युठानले जनाएको छ ।

घटनालाई गम्भीर रूपमा लिँदै प्यूठान उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । भण्डारी सामान्य उपचार गरि हिजै डिस्चार्ज भइसकेकाे प्रहरीले जनाएको हाे ।

संघसंस्थाहरूले विकास निर्माणमा संलग्न उद्योगीमाथि ज्यान लिनेसम्मको आक्रमण प्रयास हुनु अत्यन्त निन्दनीय भएको उल्लेख गर्दै यस्तो घटनाले समग्र व्यवसायी समुदाय असुरक्षित महसुस गरिरहेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ: “विकास निर्माणका काममा अहोरात्र खटिने उद्योगी व्यवसायीमाथि यसरी ज्यान लिने गरी आक्रमण हुनु गम्भीर विषय हो। दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्छ।”
“यस्ता घटनाले सम्पूर्ण व्यवसायीलाई त्रसित बनाएको छ, सुरक्षित वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व हो।”

दुवै संस्थाले घटनामा संलग्नलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्। साथै, व्यवसायीहरू सुरक्षित रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग गम्भीर ध्यानाकर्षण गराइएको छ।
घाइते भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता हिंसात्मक गतिविधि दोहोरिन नदिन प्रभावकारी कदम चाल्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

(सच्याइएकाे: समाचारकाे विवरणमा आक्रमणमा परेका व्यक्ति दधिराम भण्डारी हुनुपर्नेमा अन्यथा भएकाले सम्पादन गरिएको छ- प्रधान सम्पादक)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation