रास्वपा र नेकपाबीच धेरै एजेन्डामा समानता छ : वर्षमान पुन

 

 

७ असार, काठमाडौं

नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र रास्वपाबीच कयौं समानता रहेको बताएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेको बताए ।

‘तपाईंहरू र हाम्रा कयौं विषयमा समानता छन् । हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं,’ पुनले भने ।

पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डा दुवै दल नजिक रहेको उनको भनाइ थियो ।

‘पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डामा हामी तपाईंहरूलाई नजिक पाउँछौं,’ उनले भने, ‘हामीबीच सुशासनको एजेन्डामा पनि समानता छ । सुशासनको एजेन्डामा नेकपा र रास्वपाको जति निकट सहकार्य अरुको भएको छैन ।’

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation