कञ्चनपुरमा लागूऔषधसहित जनप्रतिनिधि पक्राउ

८ असार, महेन्द्रनगर

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक जनप्रतिनिधिलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीले भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

उनलाई १८ नम्बर वडाको गौरा मन्दिर टोलबाट लागूऔषध ओसारिरहेका बेला पक्राउ गरेको प्रहरीले बताएको छ ।

वडा सदस्य जैरूको साथबाट प्रोमेथोजिन हाइड्रोक्लोराइड इन्जेक्सन १५ एमपुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्सन १५ एम्पुल बरामद गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

जैरू गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर १८ को दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation