समूह विजेता बन्दै स्पेन नकआउट चरणमा, उरुग्वे बाहिरियो

१३ असार, काठमाडौं

एलेक्स बाएनाको एक मात्र गोल मदतमा उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। यो जितपछि स्पेन समूह आईमा ७ अंक जोडेर समूह विजेता बनेको छ।

दुई पुर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समुह चरण पार गर्न जित निकाल्नुपर्ने बाध्यता थियो। समूहको अर्को खेलको नतिजा आफु अनुकल भएमा बराबरी पनि पर्याप्त हुनसक्थ्यो।

तर उरुग्वेका लागि स्पेनसँगको हार नै महँगो प¥यो। समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अंकसहित तेस्रो स्थानमा रह्यो। अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप डेब्युमे समहु चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ।

तीनै खेल बराबरी खेलेको केप भर्डे ३ अंक जोडेर समूह उपविजेता बन्यो। मेक्सिकोको ग्वाडालाजारमा भएको स्पेनका लागि एलेक्स बाएनाले निर्णायक गोल गरे। बाएनाले मार्कोस लरेन्टेको पासमा ४२औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन। दोस्रो हाफमा उरुग्वेले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन। फेरान टोरेसको ८६औं मिनेटमा प्रहार बारमा लागेर बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation