उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा निधन

१३ असार, प्युठान

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु।प्र।०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु भएको हो ।

उपमेयर मगरले आफैं चलाएको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लामा दुर्घटना हुँदा सडकबाट करिब ३०० मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना शनिबार बेलुकी करिब पौने ५ बजे भएको हो। उक्त समयमा उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै थिए। प्रारम्भिक जानकारीअनुसार उनी गाडीमा एक्लै सवार थिए।

दुर्घटनापछि उनको उद्धारका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। अस्थायी प्रहरी पोस्ट खालबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर केसीको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय भृङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले उद्धार कार्य जारी रहेको छ।

दुर्घटनाको कारण थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation